काठमाडौं । बुधबार सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा दुई जिल्ला समितिमा महिला नेतृत्व निर्वाचित भएका छन्।
नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारी निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी केशव शरण लामिछानेलाई पराजित गरेकी हुन् । भण्डारी १ सय ७४ मत पाएर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी लामिछानेले १ सय २१ मत पाएका छन्। भण्डारीले प्रतिस्पर्धी लामिछानेलाई ५३ मतान्तरले पराजित गरेकी हुन् ।
यस्तै, धनुषामा मोनिका झा जिल्ला अध्यक्षमा निर्वाचित भएकी छन्। उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, कोषाध्यक्षमा राजकमल सिंह यस्तै सचिवमा बटुकनाथ झा, सहसचिवमा निरन्जन साह, सहसचिव समावेशीमा गोविन्द महतो, खुल्ला सदस्यमा निर्वाचित ब्राह्म ठाकुरलगायतका विजयी भएका छन् ।
बिहीबार दिउँसो सम्मको मतगणनाअनुसार विपुल पोखरेल नेतृत्वको प्यानलले स्पष्ट अग्रता कायम राखेको छ।




