समाचार

पत्रकार महासङ्घ ललितपुरको युनियन प्यानलका सागर विजयी

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् ।      
बुधबार भएको महासङ्घको २६आँै महाधिवेशनमा विपुल पोखरेल प्यानलका न्यौपानेले २६७ मत प्राप्त गर्नुभएको छ । ललितपुरमा कूल मतदाता ४५४ रहँदा ३८३ मत खसेको निर्वाचन समिति सदस्य तथा ललितपुर बार एशोसियशनका अध्यक्ष अर्जुन महर्जनले जानकारी  गराए ।

 त्यस्तै म्याग्दी महासङ्घके अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् ।  आज बिहान सम्पन्न मतगणनाको नतिजा अनुसार ३० मत ल्याएर पौडेल अध्यक्षमा निर्वाचित भएका हुन्  । प्रतिस्पर्धी ठाकुरप्रसाद आचार्य (शिव)ले भन्दा ३ मत बढी  प्राप्त गरेका हुन् । महिला उपाध्यक्षमा रुद्रकुमारी खत्रीले (३०), सचिवमा सन्तोष गौतम (२९), कोषाध्यक्षमा अमित विश्वकर्मा (३०), सहसचिवमा प्रमोद शर्मा (३२), समावेशी सहसचिवमा साधन घर्ती राम्जालीले (२९ मत) प्राप्त गरी विजयी हुनुभएको छ ।    
    

 तनहुँ– महासङघ तनहुँ शाखाको अध्यक्षमा उज्वल पौडेल निर्वाचित भएका छन् । महासङ्घको बुधबार राति सम्पन्न महाधिवेशनमा पौडेलले ५७ मत ल्याएर निर्वाचित भएका हुन् ।    
त्यसैगरी उपाध्यक्षमा धनपति अधिकारी र अस्मिता खनाल, सचिवमा प्रताप राना, सहसचिवमा प्रकाश अधिकारी, सहसचिव समावेशीतर्फ मिला दरै, कोषाध्यक्षमा बिमला दुवाडी, सदस्यमा उपेन्द्र खनाल, किरण श्रेष्ठ, प्रकृति खनाल, राजेश्वर हड्खले, विकास खनाल, विष्णु गौतम, श्रीहरी पौडेल विजयी भएका हन् ।    
 पर्वत– नेपाल पत्रकार महासङ्घ पर्वतको अध्यक्षमा सन्तोष थापा विजयी भएका छन्      
त्यसैगरी उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसी, सहसचिव समावेशीमा दीपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी भएका छन् ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *