बागमती प्रदेश

माओवादी केन्द्रद्वारा वाग्मती प्रदेशसभा अवरुद्ध

काठमाडौं । नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गर्दै वाग्मती प्रदेशको प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । लामो समयपछि सुरु भएको प्रदेशसभा बैठकमा विभिन्न मागहरु राख्दै संसद अवरुद्ध गरेको हो ।

बैठकमा माओवादी केन्द्रले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएको थियो । नेता शालिकराम जम्मकट्टेलले सरकार भावानात्मक, सांगठनिक र वैचारिक रुपमा एक्लिएको बताउँदै मुख्यमन्त्रीको राजीनामा माग गरेका हुन् ।

पुस १० गते पश्चात सरकार परिवर्तन भएपछि सत्तापक्षले एकलौटी ढंगबाट नीति तथा कार्यक्रम र बजेट पठाउने गर्ने काम गरेको र सरकारले प्रदेशमा छलफल बिना नै विद्युतीय बस संचालनमा ल्याउन लागेकोलगायतको विषयमा उनीहरुले उठाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *