काठमाडौं । नेपाली कांग्रेसले ऊर्जा तथा सिंचाइ विषयगत समिति विषयगत समिति सदस्यमा जलविद्युत् उद्यमी तथा निजी क्षेत्रतर्फको प्रवर्द्धक कृष्णप्रसाद भण्डारीलाई नियुक्ति गरेको छ । पार्टी उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले भण्डारीलाई नियुक्ति गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को दफा ३६(१) (ङ) अनुसार समितिमा भण्डारीलाई नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिष्ठानको संयोजक शम्भु जोशी हुन् । कांग्रेसले भण्डारीलाई सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्याउने विश्वास लिएको छ । दुई दशकभन्दा बढी समय नेपालको निजी क्षेत्रको जलविद्युत् प्रवर्द्धनमा भण्डारीको योगदान छ ।
मुलुककै पहिलो निजी क्षेत्र सहभागी भएको इन्द्रावती तेसो (७.५ मेगावाट) जलविद्युत् आयोजना भण्डारीको अगुवाईमा निर्माण भएको थियो ।




