समाचार

संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चले : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको आरोप लगाएका छन् ।

स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने, ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले काम गर्ने र त्यो सेटिङ नेपाली जनताको अधिकार, पहिचानविरुद्ध परिलक्षित हुने विचित्रको स्थितिमा रहेको आरोप लगाएका छन् । उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ठूलो षड्यन्त्र भएकाले त्यसविरुद्ध एक भएर जानुपर्ने बताए । उनले भने,
‘अहिले जुन निरंकुशतातिर जाने षड्यन्त्र भइराखेको छ, नेपाली जनताको पहिचान र अधिकारलाई उल्ट्याउने, फेरि प्रतिगमनतिर लाने षड्यन्त्र भएको छ,’ ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँगको विवाद व्यक्तिगत नभएर वैचारिक भएको दाहालको दाबी छ । ओलीले लिएको बाटो र आफूले लिएको बाटोको कतै तालमेल नुहँदा अहिलेको स्थिति सिर्जना भएको उनले बताए ।

‘अहिले प्रतिगमनतिरको यात्रा सरकारबाटै सुरु गरिएको भन्दै दाहालले त्यसलाई रोक्न संकल्प गर्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *