राजनीति

जानकीदेवी एमालेको सांसद निर्वाचित

काठमाडौं । निर्वाचन आयोगले सिरहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बनाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।

आयोगको बुधबार बसेको बैठकले सानु शिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

नेकपा एमालेको चैत्र ७ गते बसेको केन्द्रीय कमिटी बैठकके सानु शिवाको निधन भएपछि रिक्त रहेको समानुपातिक सांसद्‍मा जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

दलित महिलातर्फको उक्त कोटामा बन्दसूचिमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेकाले उनीपछिको सूचिमा रहेकी जानकीलाई निर्वाचित गरिएको हो ।

जानकीदेवी निर्वाचित भएसँगै अब प्रतिनिधिसभामा एमालेका १ सय २१ सांसद् भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *