काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङ नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
उनलाई बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठस्थित निवासमा स्वागत गरे ।
तामाङ एमाले ताप्लेजुङका नेतासमेत हुन् । एमाले प्रभावशाली युवा नेता योगेश भट्टराईका विश्वासपात्र मानिएका तामाङ पार्टीको सांगठनिक गतिविधिमा पनि निकै सक्रिय थिए । उनी म्यानपावरबाहेक हाइड्रोपावरलगायतका व्यवसायमा आवद्ध छन् ।




