विश्वको नम्बर १ प्रदुषित काठमाडौंमा अहिले देखिएको घातक प्रभाव कम गर्नको लागि सरकार तथा नागरिकले होस्टेमा हैंसे गरौँ ।
– कुनै पनि बस्तु जलाउने काम बन्द गरौँ ।
– ग्यासको प्रयोग कम गरौँ ।
– प्रयोग नभएको बेला बिद्युत बन्द गरौँ ।
– एसिको साटो पंखा प्रयोग गरौँ ।
– सबैले सवारीसाधन सकभर प्रयोग घटाऔं ।
– दाउरा, गुइठा आदि नबालौं ।
– बार्बिक्युलगायत धुँवा आउने काम नगरौं ।
– स्कुल र कलेज एक हप्ता बन्द गरौँ ।
– यातायातमा जोरबिजोर प्रणाली लागु गरौँ ।
– प्लास्टिक कडाइका साथ नियन्त्रण गरौँ ।
– बगैचा आदिमा ब्लोअर लगायतका ग्यास पाउडर प्रयोग नगरौं ।
– अत्यावश्यक कामबाहेक घरमै बसौं ।
– दीर्घबिरामी तथा जेष्ठ नागरिक अनिबार्य रुपमा घरभित्र बसौं ।
– घरबाहिर जाँदा डबल मास्क प्रयोग गरौँ ।
– चुरोट र हुक्का सेवन नगरौं ।
– ग्यास स्टोभको प्रयोग नगरौं ।
कुनै एलर्जी देखिएमा (आँखा चिलाउने र पोल्ने, छालामा चिलाउने) सास फेर्न गाह्रो हुने भएमा नजिकको स्वास्थ्य संस्थामा जाऔं ।
यो प्रदूषण केही दिन रहन्छ । प्रदूषित हावामा भएका माइक्रो पार्टिकल फोक्सो तथा रक्ताप्रबाहमा जान सक्छन् । जसले गर्दा केही समयपछि गम्भीर असर देखिन सक्छ ।




