समाचार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगियो, माधव पक्ष अविश्वास प्रस्ताव फिर्ता लिन सहमत

काठमाडौं । लामो रस्साकस्सीपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । एमालेको माधव नेपाल समूह प्रदेश सभामा राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन सहमत भएपछि उनको पद जोगिएको हो ।

९६ सदस्यीय प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेश सभा सदस्यहरु पनि सहभागी भएका थिए । बुधबार प्रदेश सभाको संसदीय दलको कार्यालयमा बसेको बैठकले मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले माधव नेपाल समुहका  सांसदहरुलाई एक हप्ताको अल्टिमेटम दिएको हो ।

अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुईजना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *