समाचार

कैलालीको लम्कीमा गोली चल्यो, प्रहरीको गोली लागेर दुई घाइते

कैलाली । कैलालीको लम्कीमा गोली चलेको छ । बसको ठक्करबाट मंगलबार बिहान कमला देवकोटाको मृत्यु भएपछि स्थानीयले गरेको प्रदर्शन तितरवितर पार्न प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागेर २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सञ्जेल घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्ज पठाइएको कैलाली प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की चोकमा ना६ख ८८३३ नम्बरको बसले ठक्कर दिँदा स्थानीय देवकोटाको मृत्यु भएको थियो । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रण लिइसकेको छ । मृतकका आफन्त र स्थानीयले अस्पतालबाट शव निकालेर सडकमा लगेर प्रदर्शन गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *