रोजगार

पोखरीमा महिला उद्यमशील तालिम सम्पन्न

संखुवासभा । चैनपुर नगपालिकामा सीपमुलक तालिम सम्पन्न भएको छ । “सीप सिकौं स्वरोजगार बनौं” भन्ने मूल नाराका साथ ७ दिने तालिम पोखरी वजारमा सम्पन्न भएको हो ।

सिद्धकाली महिला सञ्जालको आयोजनामा ७ दिने तालिम फाल्गुण २७ गतेदेखि चैत्र ४ गते सम्म सञ्चालन भएको थियो । सिलाई कटाइ तालिममा नगरपालिकाका ११ वटै वडाबाट १ जनाका दरले ११ जनाको महिलाले सहभागिता जनाएका थिए ।

सीपमुलक तालिममा कपडाबाट निर्माण गरिने ट्राभल व्याग, सपिङ्ग व्याग, सब्जी व्याग, स्कुल व्याग, सुर्के थैली, पेन्सील व्यागलगायत ७ आइटमका सीपहरु सहभागीहरुले सिकेको सिद्धकाली महिला सञ्जालका सचिव नमिता काफ्लेले बताइन ।

जिल्ला लघु उद्यम संघ झापाका अध्यक्ष निर्मला भण्डारीद्वारा प्रशिक्षित तालिमका सहभागीहरुले आफ्नै गाउँठाउँमा व्यवसायीक सीप सिक्न पाएकोमा खसी व्यक्त गरेका थिए ।

तालिम समापन कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले सीपमुलक तालिम समयसापेक्ष हुनुको साथै महिलाहरुलाई स्वरोजगार बनाउन सघाउ पुर्‍यउने धारणा राखे । यसैगरी कार्यक्रममा स्वागत मन्तव्य सञ्जालका कोषाध्यक्ष जापानी गुरुङले राखेकी थिइन । कार्यक्रममा चैनपुर नगर उपप्रमुख मुना श्रेष्ठ, चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल,चैनपुर ५ का वडाध्यक्ष कालीबहादुर लिम्बू, चैनपुर ३ का वडाध्यक्ष बलबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

चैनपुर नगरपालिकासंगको सहकार्यमा तालिम सञ्चालन गरिएको सञ्जालकीअध्यक्ष हेमकुमारी चौहानले बताइन

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *