समाचार

माओवादी केन्द्र ब्युँतिएपछि प्रचण्ड देश दौडाहमा, पुगे बुटवल

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा खारेज गरेपछि पुष्पकमल दाहाल प्रचण्ड पहिलोपटक आज बुटवल पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुटवल आजबाट बुटवलमा सुरु हुने दलित पत्रकार संघको राष्ट्रिय अधिवेशनको उदघाटन गर्न बुटवल पुगेका हुन् ।

दलित पत्रकार संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गरेपछि प्रचण्डले रुपन्देहीका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

फागुन २८, २९ र चैत १ गतेसम्म सञ्चालन हुने दलित पत्रकार संघको अधिवेशनमा करिब चार सय पत्रकारको सहभागिता रहने छ । अधिवेशनमा देशभरका ७७ जिल्लाका प्रतिनिधि उपस्थित भएका छन् ।

माओवादी केन्द्रले होटल डेनोभोमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । पार्टी ब्युँतिएपछि माओवादी केन्द्रको भोलिको कार्यक्रम नै पार्टीको पहिलो कार्यकर्तास्तरको कार्यक्रम हुने छ ।

प्रचण्डले माओवादी केन्द्रको नाम परिवर्तन गर्ने तयारी गरेका छन् । त्यसअघि देशभरका कार्यकर्तासँग छलफल गर्ने बताइएको छ । माओवादी केन्द्रले चैत १ गते केन्द्रीय कार्यसमिति र २ गते राष्ट्रिय भेला काठमाडौंमा बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *