समाचार

एमाले नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्न कोमल वली पुगिन् अदालत

काठमाडौं । एमालेबाट राष्ट्रिय सभा सांसद एवं गायिका कोमल वलीले नेता रघुजी पन्तबिरुद्ध मुद्दा दर्ता गर्ने भएकी छिन्।

मंगलबार बिहान बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेर वलीले पन्तविरुद्ध गालीबेइज्जतीको मुद्दा दर्ता गर्न लागेकी हुन्। उनी अहिले जिल्ला अदालतमै छिन् ।

केही साताअघि एक कार्यक्रममा पन्तले नेकपामा कैयौं वर्ष संघर्ष र बलिदान दिएका महिलाहरु हुँदा पनि तिनले कुनै पद नपाएको तर कोमल वलीको पिडौंला देखेर प्रधानमन्त्री केपी ओलीले तुरुन्तै पद दिलाएको भन्दै आलोचना गरेका थिए।

नेता पन्तले आफूलाई अपमान गरेको भन्दै सांसद वली आक्रोसित बनेकी थिइन्। केही दिनको गृहकार्यपछि आज उनले मुद्दा दर्ता गर्न लागेकी हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *