गण्डकी प्रदेश

व्यासमा भूमिहीनको तथ्याङ्क सङ्कलन

तनहुँ । तनहुँको व्यास नगरपालिकामा करिब सात हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन गरिएको छ । एक महिनामा व्यास नगरपालिकाका छ हजार ८ सय ७२ को तथ्याङ्क सङ्कलन गरिएको हो ।

नगरपालिकाका १४ वटै वडाका ७ सय ३० भूमिहीन दलित, ४ सय ९७ भूमिहीन सुकुम्वासी र छ हजार १ सय ४२ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको लागत सङ्कलक एकाइका प्रमुख विमल गिरीले जानकारी दिए । नगरपालिकाले तथ्याङ्क सङ्कलनका लागि १४ वडामा २४ तथ्याङ्क सङ्कलन खटाएको थियो ।

व्यास नगरपालिका–१ मा ९२ भूमिहीन दलित, ४९ भूमिहीन सुकुम्वासी, ४ सय १० अव्यवस्थित बसोबासी, ५ सय १० वडा नं २ मा सात भूमिहीन दलित, पाँच भूमिहीन सुकुम्वासी, १ सय ४० अव्यवस्थित बसोबासी, १ सय ४७ वडा नं ३ मा नौ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी, ३ सय २२ अव्यवस्थित बसोबासी, वडा नं ४ मा ३३ भूमिहीन दलित, २३ भूमिहीन सुकुम्वासी र १ सय ६४ अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन भएको छ ।

वडा नं ५ मा ५६ भूमिहीन दलित, ३९ भूमिहीन सुकुम्वासी, ६ सय ५० अव्यवस्थित बसोबासी, वडा नं ६ मा १ सय ५० भूमिहीन दलित, ९५ भूमिहीन सुकुम्वासी र ५ सय २२ अव्यवस्थित बसोबासी, वडा नं ७ मा ३३ भूमिहीन दलित, १८ भूमिहीन सुकुम्वासी र ३ सय २८ अव्यवस्थित बसोबासी, वडा नं ८ मा पाँच भूमिहीन दलित, तीन भूमिहीन सुकुम्वासी र २ सय ६ अव्यवस्थित बसोबासी, वडा नं ९ मा १३ भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र १ सय ३१ अव्यवस्थित बसोबासी छन् ।

त्यस्तै वडा नं १० मा ८० भूमिहीन दलित, ४८ भूमिहीन सुकुम्वासी र ९ सय २४ अव्यवस्थित बसोबासी, वडा नं ११ मा ७७ भूमिहीन दलित, ६० भूमिहीन सुकुम्वासी र ८ सय ९१ अव्यवस्थित बसोबासी, वडा नं १२ मा १ सय २९ भूमिहीन दलित, १ सय ५ भूमिहीन सुकुम्वासी र ७ सय २५ अव्यवस्थित बसोबासी, वडा नं १३ मा ३६ भूमिहीन दलित, २८ भूमिहीन सुकुम्वासी र ४ सय ३१ अव्यवस्थित बसोबासी, वडा नं १३ मा १० भूमिहीन दलित, आठ भूमिहीन सुकुम्वासी र दुई सय ९८ अव्यवस्थित बसोबासीको विवरण सङ्कलन गरिएको छ ।

नगरपालिकाले सङ्कलन गरेको विवरण भूमिसम्बन्धी समस्या समाधान आयोगमा पठाइने र जाँचबुझ पछि वास्तविक भूमिहीन भएको प्रमाणित भएमा लालपुर्जा वितरण गरिनेछ । भूमिसम्बन्धी समस्या समाधान आयोगले जिल्लाका नौ स्थानीय तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनका लागि सम्झौता गरेको छ । सोहीबमोजिम सबै स्थानीय तहले लगत सङ्कलनको काम गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *