समाचार

नेपाल बैंकमा झण्डै दुई सय जनालाई जागिरको अवसर

काठमाडौं । नेपाल बैंक लिमिटेडमा ठुलो संख्या जागिरको लागि आवेदन माग गरेको छ । बैंकले आज गोरखापत्रमा सूचना निकाल्दै झण्डै दुई सय जनाका लागि जागिर खुलाएकोे हो।

बैंकले आजदेखि चैत १२ देखि सम्म अनलाइनबाट दरखास्त फारम भर्न सकिने जनाएको छ ।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ।

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ।

फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट https://www.nepalbank.com.np/career.html बाट भर्न सकिन्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *