लुम्बिनी प्रदेश

स्थानीयले भत्काइदिए अर्थमन्त्री पौडेलको कार्यक्रमको मञ्च

बुटवल । अर्थमन्त्री विष्णु पौडेल गृहजिल्ला आएसँगै शिलान्यास र उद्घाटनमा व्यस्त हुन्छन् । बिहीबार तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन गरेका अर्थमन्त्रीको शुक्रबारको लागि मोतिपुर औद्योगिक क्षेत्रको शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।


सोही कार्यक्रमको लागि निर्माण भईरहेको मञ्च स्थानीयले फालेका हुन् ।मोतिपुर औद्योगिक क्षेत्रको निर्माणको क्रममा आफुहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट मोतिपुरका स्थानीयले मञ्च भत्काइदिएका हुन् ।

करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र(करिडोर) बनाउने तयारी गरिएको छ ।

बुटवल औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीका अनुसार करिव २ सय जनाको हाराहारीमा आएका स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मन्च र स्तम्भ भत्काइदिएका थिए ।

‘हामीले कार्यक्रमका लागि तयारी गरिरहेका थियौं अचानक एउटा समुह आएर हुल हुज्जजत गरेर भत्काई दिए कर्मचारी टेण्ट निर्माण गरि रहेका कामदारलाई लखेट्ने काम भयो,’ अधिकारीले भने ।

यसैविच मोतिपुर क्षेत्रका स्थानीयले कार्यक्रम शुरु गरेपनि अवरोध गर्ने चेतवानी दिँदै आएका छन् । कालोझण्डा देखाउने देखी बिभिन्न बिरोधका कार्यक्रमहरु रहेको संघर्ष समितिले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *