काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको आज निर्वाचन आयोग जाने कुनै कार्यक्रम नभएको बताइएको छ । पेरिसडाँडामा बसेको बैठकपछि नेकपा प्रचण्ड–माधव समूह केन्द्रीय सदस्यको नागरिकतासहित निर्वाचन आयोग जाने समाचार आएपछि नेता विष्णु रिजालले त्यस्तो कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका हुन् ।
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज निर्वाचन आयोगमा जाने कुनै कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ,’ रिजालले केही बेरअघि सामाजिक सञ्जालमा लेखेका छन् ।
आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिन प्रचण्ड नेपाल समूह आयोग जान लागेको बताइएको थियो ।




