काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् भवनको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।
सभामुखले मंगलबार दिउँसो संघीय संसद भवन नयाँबानेश्वरमा सातौं अधिबेशनको बैठकका लागि भइरहेको तयारीका सम्बन्धमा स्थलगत अवलोकन गरी जानकारी लिएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानजकारी दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते दिउँसो ४ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् । बैठक बस्ने दिन नजिकिँदै आएपछि संसद् सचिवालयले तयारी सक्न लागेको हो ।
आजै सभामुख सापकोटाले नेकपा प्रचण्ड–माधव नेपाल समूहसँग छलफल गरेका थिए । कानुनी रूपमा एउटै पार्टी भएकाले नेकपाका संस्थापन र इतर पक्ष कता कता बस्ने भन्ने विषयमा सापकोटाले नेकपा नेतृत्वसँग छलफल गरेका हुन् ।




