संखुवासभा । चैनपुरमा तीन दिवसीय रेडियो उद्घोषण तथा खोजमूलक पत्रकारिता लेखन तालिम सम्पन्न भएको छ ।
“सूचना सञ्चार विकासको आधार” भन्ने मुल नाराका साथ सिद्धकाली / लोकतान्त्रिक सामुदायिक सिकाई केन्द्रको संयुक्त आयोजनामा गत विहिवारबाट सञ्चालित पत्रकारिता तालिम आज सम्पन्न भएको हो । ३२ बढी सहभागी रहेको तालिममा प्रशिक्षक द्वय अन्नपूर्ण पोष्ट धनकुटाका हरिबहादुर लम्जेल र रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र धनकुटाका बलराम दाहालले प्रशिक्षण दिएका थिए ।
लालीगुराँस साप्ताहिक सञ्चार गृह चैनपुरको संयोजनमा सम्पन्न सो कार्यक्रमको सभापतित्व लोकतान्त्रिक सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कुमारबाबु अधिकारीले गरेका थिए ।




