समाचार

उप्रेतीको निधनले कांग्रेस सभापति देउवा दुःखी

काठमाडौं । नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्व सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौमा निधन भयो ।

२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका स्वर्गीय उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक–पटक जेल नेल भोगेका थिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० बर्षको अवधिमा लाखौं जनाको उपचार गरेका थिए ।

उप्रेतीको निधनमा कांग्रेस सभापति देउवाले आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको जनाएका छन् । सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
उनको आजै पशुपतिमा दाहसंस्कार गरिएको छ । स्व.उप्रेतीका छोरा प्रा.डा. सञ्जीव उप्रेती रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *