राजनीति

नेकपाको धारणा आधिकारिक ठाउँबाट बुझौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा र नेताहरूको विचार सञ्चारमाध्यमका आधारमा नभई आधिकारिक ठाउँबाट बुझ्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृध्दि, समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने छलफल भइरहेकाले आधिकारिक ठाउँबाट धारणा बुझ्न तथा नेताहरूको मुखबाट भनिएकालाई आधिकारिक मान्न उनले आग्रह गरेका हुन् ।

राजनीतिक रूपमा नेकपा विभाजन भए पनि कानुनी रूपमा नेकपा एक छ । त्यसैले नेता श्रेष्ठले आधिकारिक नेकपा आफूहरू नै रहेको जिकिर गरेका हुन् ।

‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन ,सरकार ,संविधानको कार्यान्वयन, समृध्दि ,समाजवादको आधार निर्माण र नेपाली कम्युनिष्ट आन्दोलन लाई कसरी अघि बढाउने भन्ने गम्भीर छलफलको संवेदनशील मोडमा छौं ।सञ्चार माध्यमका आ-आफ्ना बिश्लेषणलाई यथोचित सम्मान गरौं । त्यसमा सकारात्मक सन्देश वा शिक्षाहरु छन् भने त्यसलाई ग्रहण गरौं । हामी उहाँहरुको दृष्टिकोण ,धारणा र अधिकारबारे अरु केही भन्न सक्दैनौ र उचित पनि हुँदैन । तर पार्टीको आधिकारिक धारणा र नेताहरुको बिचार सञ्चार माध्यमको आधारमा होइन, नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझौं,’ नेता श्रेष्ठले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *