राजनीति

प्रचण्ड–माधव समूहले निकाल्यो विजय जुलुस, गुञ्जियो यस्तो नारा

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।

प्रधानमन्त्री केपी ओलीले बहुमत हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले बुधबार दिउँसो विजय जुलुस निकालेको हो ।

जुलुसमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरिएको छ । प्रदशर्नकारीले ‘केपी विद्या बाई बाई’, सर्वोच्च अदालत हाई हाई जस्ता नारा लगाएका छन् । सर्वोच्चले मंगलबार फैसला सुनाएलगत्तै प्रचण्ड–माधव समूहले बुधबार दिउँसोका लागि जुलुस निकाल्ने, दीपावली गर्ने निर्णय सार्वजनिक गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *