काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले सत्यको जित भएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने आदेश दिएपछि टिप्पणी गर्दै नेता पौडेलले सर्वोच्चको फैसलाले सत्यको जित भएको र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताएका छन् ।
उनले भनेका छन्, ‘ मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन । संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद !’




