समाचार

संसद पुनस्थापनाले रोग हराएझैं भएको छः बाबुराम भट्टराई

काठमाडौँ।पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसद पुनःस्थापनाले आफ्नो सम्पूर्ण रोग हराएझैं अनुभूत भएको बताएका छन् ।

भारतको नयाँदिल्लीमा पेटको समस्याबाट उपचाररत भट्टराईले ट्वीट गर्दै सर्वाेच्च अदालतको फैसला नआउन्जेल संसद पुनःस्थापना नहोला भन्ने चिन्ताले सताएको बताएका हुन् ।

उनले भनेका छन्, “हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *