समाचार

शासन गर्ने प्रधानमन्त्रीको दुस्साहस खारेज : गगन थापा

काठमाडौँ ।नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेसँगै षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी ओलीको दुस्साहस खारेज भएको बताएका छन्।

मंगलबार साँझ ट्वीट गर्दै थापाले सर्वोच्चले ‘संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको’ बताएका छन्।
‘हामी सबैलाई बधाई!’ भन्दै थापाले लेखेका छन्-

‘संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ।अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउँदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *