काठमाडौँ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक निकाय र नागरिकलाई नथर्काउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
मोरङको सुन्दरहरैचामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा। कोइरालाले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई नथर्काउन चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार निर्वाचन आयोगलाई सूर्य दिनुपर्ने बताएका थिए । त्यस्तै उनले शनिबार विराटनगरमा सर्वोच्च अदालतलाई संसद विघटनको विपक्षमा फैसला गरे आन्दोलनमा जाने चेतावनी दिएका थिए ।
कोइरालाले भने, ‘प्रधानमन्त्री ओलीले सूर्य चिन्ह देउ भन्दै निर्वाचन आयोग र संसद विघटनको पक्षमा फैसला गर भन्दै सर्वोच्च अदालतलाई थर्काउनु भएको छ । जनतालाई हामी चुनाव जित्छौ जित्छौ सेटिङले हामीलाई हराइदिए भने खबरदार हामी आन्दोलन गर्छौ भन्दै धम्क्याउनु भएको छ ।’
डा. कोइरालाले शक्तिशाली प्रधानमन्त्री कमजोर भएकोले साइबर सेनाको सहारा लिएको बताए ।




