राजनीति

ओली सत्तामा पुगेपछि समाजवाद र जनतालाई विर्सिए:माधव कुमार नेपाल

संखुवासभा । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुगेपछि समाजवाद र जनतालाई विर्सिएको आरोप लगाएका छन्।

नेकपा प्रचण्ड–माधव समूह संखुवासभाले संसद् विघटनविरुद्ध शनिबार सदरमुकाम खाँबदबारीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीको हालत पूर्वराजा ज्ञानेन्द्र शाहाको जस्तो हुने बताए। ‘ओलीले चालेको असंवैधानिक कदमले जनताका हक अधिकार गुमेका छन्’ नेपालले भने,‘ नेपाली जनताले आन्दोलनको आँधीबेरी सिर्जना गरेर ओलीलाई बालुवाटारबाट चाँडै बालकोट पुर्याउने छन्।’

ओलीले पार्टीभित्र तानाशाह लागुगरेपछि उनीसँग अलग भएको बताउँदै नेपालले आफैले सिफारिस गरेको ब्यक्तिले देश र जनतालाई धोका दिएको बताए। लामो समयको संघर्ष बलिदानबाट ल्याइएको संविधान प्रधानमन्त्री ओलीको सनकले खतरामा परेको उनले आरोप लगाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *