समाचार

ओलीविरुद्ध विराटनगरमा जुलुस

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा जुलुस निकालिएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आज विराटनगरमा गर्न लागेको बृहत जनप्रदर्शनका क्रममा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

ओली पक्षको जनसभामा सहभागी हुन निस्किएको हजारौँ सहभागी जुलुसमा जिन्दावादको नारा लागेको छ भने प्रचण्ड–माधव पक्षले मुर्दावादको नारा लगाएका छन् ।

प्रचण्ड–माधव पक्षका कार्यकर्तालाई सुरक्षाकर्मीले अवरोध गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *