काठमाडौँ । नेकपा एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतमले आफू ओली सरकारमा गृहमन्त्री बन्न लागेको भन्ने भ्रामक र दूराशययुक्त समाचार प्रकाशित गरिएको भन्दै त्यसको खण्डन गरेका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संयोजक गौतमले आफ्नो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको बताउदै यस्ता भ्रामक समाचारको विश्वास नगर्न अनुरोध गरेका छन् ।
उनले भनेका छन् –
मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपि वली नेतृत्वको वर्तमान सरकारमा गृह मन्त्री वनेर वामदेव जादैछन् भन्ने ग़लत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ । मेरा सवै मित्रहरुलाई यसकिसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु !!




