काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीसहित दुवै पक्षको बहस शुक्रवारबाट सकिएको छ । संवैधानिक इजलासमा सुनुवाई भइरहेको मुद्दामा अब फैसला आउनमात्र बाँकी छ ।
संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट पेस गर्न दुवै पक्षलाई आदेश दिएको छ । त्यसपछि कुनै पनि बेला फैसला आउने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बताएका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका कानून व्यवसायीहरुको लिखित वहस नोट भने अदालतलाई बुझाइएको छ ।




