समाचार

पूर्वमन्त्री बस्नेतले कांग्रेस प्रवेश गराए सिन्धुपाल्चोक राप्रपाका जिल्ला नेता

काठमाडौं । पूर्वसञ्चारमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका राप्रपाका नेतालाई कांग्रेसमा प्रवेश गराएका छन् ।

प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबार बिहान नेता बस्नेतले सिन्धुपाल्चोक चौतारासांगागढी नगरपालिकाका जले लामा, जीवन तामाङ, रमेश योन्जन, दिनेश लामा ,राजु लामा, कलम तामाङ ,प्रशान्त लामा, बिजय लामा र सुनकोसि गाउँपालिका सुनखानि निवासी हस्तबहादुर लामालाइ नेपाली कांग्रेसमा प्रवेश गराएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *