काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूह समर्थित अनेरास्ववियूले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
प्रतिनिधिसभा विघटन गरेर ओली नेतृत्वको सरकारले असंवैधानिक कदम उठाएको भन्दै अनेरास्ववियूले चरणवद्ध आन्दोलन गर्दै आएको छ ।
अनेरास्ववियूले घोषणा गरेको आन्दोलनअनुसार, जुत्ता हान्नेदेखि बालुवाटार घेराउसम्म रहेको सहसंयोजक रञ्जित तामाङले बताए ।
प्रेस विज्ञप्ति
चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा
लोकतन्त्र र संविधानको चिरहरण गर्दै असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेर ओली सरकारले एकपछि अर्को गर्दै चाल्दै आएको प्रतिगमनकारी कदमका विरुद्ध अनेरास्ववियू गत पुष ५ गतेदेखि नै निरन्तर आन्दोलनरत छ । प्रतिगमन नसच्चिंदासम्म हाम्रो आन्दोलन निरन्तर जारी रहंनेछ । यसविचमा एकातिर प्रतिगमनकारी तत्वहरु चौतर्फी रुपमा एक्लिंदै गएका छन् भने अर्कोतिर प्रतिगमन विरोधी शक्तिहरुको मोर्चा र आन्दोलन थप व्यापक , सशक्त र फराकिलो वन्दै गएको छ । यसै सन्दर्भमा तेस्रो चरणसम्मको आन्दोलनलाई सफल पार्न विभिन्न ढंगले साथ , सहयोग र समर्थन गर्ने सवैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै तपशिल वमोजिम चौथो चरणको कार्यक्रम घोषणा गर्दछौं स्
चौथो चरणका सङ्घर्षका कार्यक्रमहरु –
१. ०७७ फागुन ६ गते
– पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विहान देशभरका कलेज अगाडि विरोध प्रदर्शन ।
– दिउँसो १ वजे आयल निगम घेराऊ सहित ज्ञापनपत्र बुझाउने ।
– अपरान्ह ३।३० वजे टुंडिखेल वरिपरि मानव साङ्लो ।
२. ०७७ फागुन ७ गते ११ वजे ( विश्वविद्यालय ब्यवस्थापन , अनुदान र छात्रवृत्तिमा भएको अपारदर्शीता र अनियमितता विरुद्ध विश्वविद्यालय अनुदान आयोग कार्यलयमा धर्ना र ज्ञापनपत्र ।
३. ०७७ फागुन ८ गते १ वजे ( अनेरास्ववियूका पुर्व अध्यक्ष डाचाराज वाग्लेको स्मृतिमा श्रद्धाञ्जली सभा , स्थान आरआर क्याम्पस
४. ०७७ फागुन १० गते २ वजे – प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम ।
५. ०७७ फागुन ११ गते ११ वजे – त्रिवि घेराउ सहित मागपत्र पेश गर्ने ।
६. ०७७ फागुन १३ गते १ वजे – सम्माननीय सभामुखलाई अवरुद्ध संसद सुचारू गर्न ध्यानाकर्षण गराउने ।
७. ०७७ फागुन १४ गते (प्रतिगमन विरुद्ध मार्चपास ।
८. ०७७ फागुन १६ गते ११ वजे – प्रतिगमन , महङ्गी र भष्ट्रचारका विरुद्ध सिंहदरबार अघि थाल ठटाउने जुलुस । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि ।
९. २०७७ फागुन १८ गते १ वजे – प्रतिगमनका विरुद्ध शंख जुलुस सहित बालुवाटार घेराउ । उपत्यका बाहिर सिडियो कार्यालय अगाडि ।
रञ्जित तामाङ
सहसंयोजक
मितिः २०७७/११/०६




