कर्णाली प्रदेश

कर्णाली लोकसेवा आयोगको अध्यक्षमा उपाध्याय नियुक्त

कर्णाली । कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् ।

आयोगका सदस्यमा वसन्तीकुमारीसिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका छन् । आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजै पद तथा गोपनीयताको शपथ गराए । त्यस्तै आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

विसं २०४४ पूर्व शिक्षक भएर आफू पढ्दै पढाउँदै गरेका उपाध्याय विसं २०४५ मा माध्यमिक विद्यालय निरीक्षक र शिक्षा मन्त्रालयका सहसचिवसमेत भएका थिए । नारायण नगरपालिका– ३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका –१२ सुर्खेत बस्दै भएका उपाध्यायले क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको निर्देशक भएर निवृत्तिभरण भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *