समाचार

धादिङको पाल्पाभन्ज्याङमा बस पल्टियो, आठ घाइते

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–९ स्थित पाल्पा भञ्ज्याङमा बस पल्टिँदा आठजना घाइते भएका छन् ।

ज्वालामुखी गाउँपालिकाको सुनखानीबाट काठमाडौंका लागि छुटेको बा४ख ४१५२ नम्बरको बस बिहीबार अपरान्ह ११ बजेतिर अनियन्त्रित भई बीच सडकमा पल्टिँदा आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

घाइते हुनेमा ज्वालामुखी–७ की ८४ वर्षिया हरिमाया गुरुङ, ज्वालामुखी–६ का २२ बर्षिय बिकास श्रेष्ठ, सोही स्थानका २२ बर्षिय रिदम नगरकोटी, ५६ बर्षिय यम श्रेष्ठ, ३७ बर्षिय लक्ष्मी गुरुङ, १५ वर्षिय अनन्य लिम्बु, नीलकण्ठ–११ की १७ वर्षिया सिमा मानन्धर र सोही स्थानकी ४३ बर्षिया सीता मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये ज्वालामुखी–६ का २२ वर्षिय रिदम नगरकोटीलाई थप उपचारको लागि काठमाडौँ स्थित ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *