काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध फागुन ९ गते देशभर जनप्रदर्शन र विरोध सभा गर्ने भएको छ ।
पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ‘जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध’को जनप्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् ।
देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गरिने उनले बताएका छन् ।
त्यस्तै काठमाडौँको रत्नपार्कमा पार्टीनिकट सबै भ्रातृ तथा जनसंगठन र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समितिले संयुक्त रूपमा जनप्रदर्शन र विरोध सभा गर्ने भएको छ ।





