समाचार

नारायणकाजी श्रेष्ठ भन्छन्, निरंकुश तत्वले विदेशी शक्तिलाई आमन्त्रण गरिरहेका छन्

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रमाथि प्रहार मात्र होइन, पुनः वैदेशिक हस्तक्षेप बढेको बताएका छन् ।
सत्ता स्वार्थबाट अन्धा भएकाहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गरिरहेको भन्दै उनले सबै मिलेर परास्त गर्नुपर्ने उल्लेख गरेका छन् ।
बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म ब्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेको र निरंकुश तत्वहरूबाट उनीहरूलाई आमन्त्रण गर्ने काम भइरहेको उनले बताएका छन् ।
‘देश गम्भीर संकटबाट गुज्रदैछ। संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन ,पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ ।सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ। बिदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म ब्यबस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्। सम्पुर्ण देशभक्त शक्तिहरु एक होऔं । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं,’ उनले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *