समाचार

इन्धनमा भएको मूल्य बृद्धिविरुद्ध नेविसंघले देशभर प्रदर्शन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र बैतडी घटनाविरुद्ध नेविसंघले आज देशभर प्रदर्शन गर्दैछ । आज बिहान ९ बजे देशभरका क्याम्पसअगडि विरोध प्रदर्शन गर्ने नेविसंघले जनाएको छ ।

ओली सरकारको ज्यादती, सरकारी गुण्डागर्दी, कम्यूनिष्ट सर्वसत्तावाद, कांग्रेसको सभामा भएको आक्रमण, जनताको चुल्लो निभ्ने गरी हप्तामा २ पटक र महिनामा ३ पटक गरिएको मूल्य वृद्धी, भागरथी भट्टको बलात्कार र हत्या विरुद्ध जन आवाज वुलन्द गर्न देशभर क्याम्पस अगाडि प्रदर्शन गर्न लागेको संघका महामन्त्री बल्देव तिमल्सिनाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *