समाचार

आरआर क्याम्पसमा ओली र प्रचण्ड–माधव समूहका विद्यार्थीबीच झडप

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो ।

झडपमा परी प्रचण्ड–माधव समूहका दिपक बस्नेत, दिलिप खड्का, विशाल रिजाल र मनिस बस्नेत घाइते भएको छ । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका प्रचण्ड–नेपाल पक्षका विद्यार्थी नेताले बताए ।

आफूहरुमाथि ओली पक्षका विद्यार्थीहरुले आक्रमण गरेपछि घाइते विद्यार्थीहरुले महानगरीय प्रहरी वृत्त अनामनगरमा उजुरी समेत गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *