समाचार

बाँकेका चार पर्यटनस्थल आयोजनाका लागि छनोट

बाँके । पर्यटन पूर्वाधार तथा पर्यटकीय सम्पदाको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देशभरबाट २ सय गन्तव्यस्थल छानिएकामध्ये बर्दियाबाट चार स्थल छनोट भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट गरेको हो ।

बर्दियाबाट छनोट भएका चार आयोजनामा बढैयाताल गाउँपालिका–५ मा रहेको बढैयातालको पूर्वाधार विकास, गेरुवा गाउँपालिकाको शहीद स्मृतिपार्क, ठाकुरबाबाको बलाती जैविक मार्ग पार्क र राजापुरको कोठीयाघाट वनभोज स्थल रहेका छन् । बढैयातालको पूर्वाधार विकास निमार्णका लागि अनुमानित लागत पाँच करोड रहेको छ । निमार्णका लागि मन्त्रालयले तीन करोड ५० लाख सहयोग गर्नेछ भने बढैयाताल गाउँपालिकाको एक करोड ५० लाख लगानी रहेको छ ।

शहीद स्मृतिपार्क निमार्णका लागि पनि अनुमानित लागत पाँच करोडमध्ये मन्त्रालयले तीन करोड ५० लाख र गेरुवा गाउँपालिकाको एक करोड ५० लाख लगानी रहने छ । यस्तै ठाकुरबाबाको बलाती जैविक पार्क निमार्णका लागि अनुमानित लागत सात करोड रहेकामा मन्त्रालयले चार करोड ५५ लाख र ठाकुरबाबा नगरपालिकाको दुई करोड ४५ लाख लगानी रहने छ ।

राजापुरको कोठीयाघाट वनभोज स्थल निर्माणका लागि अनुमानित लागत छ करोड ८९ लाख रहेको छ । यसको निमार्णका लागि मन्त्रालयले चार करोड ४८ लाख सहयोग गर्नेछ भने राजापुरको नगरपालिकाको दुई करोड ४८ लाख लगानी रहेको छ ।

मन्त्रालयले देशभरका पालिकाको समन्वयमा विभिन्न परियोजना र आयोजना छनोट भएका छन् । मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा ७ सय १३ वटा प्रस्ताव परेकामध्ये देशभरबाट २ सय गन्तव्य छनोट भएका छन् ।

सरकारले छनोट गरेका धेरैजसो आयोजनामा पार्क, वनभोज स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक तथा पदमार्ग, व्यापारिक मल, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलागयत रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *