बागमती प्रदेश

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति

बागमती। एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस बागमती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा मनाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, हेटौँडा बजारको सरसफाइ, माध्यामिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, सडक दौड तथा खेलकूद र विभिन्न विद्युतीय सञ्चार माध्यममा परिसंवाद कार्यक्रमको आयोजना गरिनेछ ।

मूल समारोह समितिको कार्यक्रमअनुसार फागुन ७ गते बिहान ७ः३० बजे स्थानीय भुटनदेवी माविको प्राङ्गणबाट निस्किएको झाँकीसहितको र्यालीले हेटौँडा नगरको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आइपुगेपछि समारोहमा परिणत हुने आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले उल्लेख गरे । समारोह समितिलाई सहयोग पुर्याउन विभिन्न चार उपसमिति पनि गठन गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *