एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संसदमा काम गर्ने एक महिला बलात्कारको घटनबारे छानबिन गर्ने बताएका छन् ।
अष्ट्रेलियाली संसदमा काम गर्ने महिलाले संसद भवनमा एक अज्ञात व्यक्तिले बलात्कार गरेको आरोप लगाएपछि प्रधानमन्त्री मोरिसनले उनीसँग माफी माग्दै छानबिन गर्ने घोषणा गरेका हुन् ।
२६ वर्षीया महिलाले आफूलाई २०१९ को मार्चमा रक्षामन्त्री लिन्डा रेनल्ड्सको कार्यालयमा बलात्कार गरेको आरोप लगाएकी छन् । दोषी मोरिसनको सत्तारुढ लिबरल पार्टीको वरिष्ठ कार्यकर्ता भएको बताइएको छ ।
स्थानीय मिडियासँग कुरा गर्दै ती महिलाले भनिन्, ‘मैले २०१९ अप्रिलमा यसबारे प्रहरीहरूसँग कुरा गरें तर मेरो जागिरको चिन्ता गर्दै निर्णय गरें कि मैले पहिले अफिसमा रिपोर्ट गर्नु पर्छ । मलाई डर थियो कि मेरो जागिर जान सक्छ ।’ स्थानीय प्रहरीले ती महिलामािथ बलात्कार भएको पुष्टि गरेको छ ।
‘पहिलो यो कुरा भएको भए राम्रो हुन्थ्यो । तर जे भयो त्यसको लागि माफी चाहन्छु । हामी यो सुनिश्चित गर्न चाहन्छौं कि महिलाहरू काम गर्ने ठाउँमा सुरक्षित छन् र उनीहरू आफ्नो सुरक्षाका लागि प्रणालीमा विश्वास गर्छन् । यो विचलित गर्ने कुरा हो कि आज पनि एउटी महिलाले यस्तो अवस्थाको सामना गर्नुपर्यो,’ उनले भने ।




