काठमाडौं । नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्ट परिवारलाई दुई लाख सहयोग गरेको छ । भट्टको हत्याको यथार्थ बुझ्न पठाइएका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले आइतबार घटनाको बारेमा स्थलगत अवलोकन गर्दै परिवारलाई दुई लाखको चेक हस्तान्तरण गरेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयले पठाएको सहयोग रकम नेता लेखकले मृतकका आमा द्रोपती भट्टलाई हस्तान्तरण गरेका थिए ।
उनले भागरथीका परिवार, जनप्रतिनिधि र प्रहरीले गरेको अनुसन्धानका विषयमा पनि जानकारी लिएका थिए । भेटघाटका क्रममा उनले भागरथीका हत्यारा पत्ता लगाउन आफ्नो पार्टीले सबै पक्षबाट सहयोग गर्ने बताए ।
नेता लेखकले भागरथी हत्या प्रकरणको अनुसन्धान गरिरहनुभएका सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीसँग अनुसन्धानका बारेमा जानकारी लिएका थिए ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।




