समाचार

तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीलाई हृदयाघात

काठमाडौं । कांग्रेस नेता एवं तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाहीलाई हृदयाघात भएको छ । आइतबार राति हृदयाघात भएपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोलोजो एन्ड थेरासिक सेन्टरमा भर्ना गरिएको छ ।

मुटुको अप्रेसन सफल भएपछि शाहीको स्वास्थ्यमा सुधार भएको परिवार स्रोतले जानकारी दिएको छ । पार्टी कार्यक्रमको सिलसिलामा नेता शाही केही समयदेखि बाहिरी जिल्लाबाट हालै काठमाडौं फर्किएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *