राजनीति

भट्टको न्यायको माग गर्दै नेविसंघको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसंघ केन्द्रीय समितिले आइतबार बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पद्यकन्या बहुमुखी क्याम्पस बागबजार अगाडि र्याली तथा कोणसभा गरेको हो ।

कोणसभामा नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले सरकारले भट्टको हत्यारालाई तत्काल पक्राउ गरी न्यायको कठघरामा उभ्याउनुपर्ने बताए । नेपाल महिला संघकी महासचिव एवं पूर्वराष्ट्रियसभा सदस्य धना खतिवडाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने अवस्था आएको बताइन् ।

भागरथी भट्टलगायत आजसम्म बलात्कार र हत्यामा परेका नेपाली चेलीको न्यायका निम्ति नेविसंघले निरन्तर खबरदारी गर्ने संघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए । पद्‍ममकन्या क्याम्पसबाट सुरु भएको विरोध र्याली पुतलीसडक घुमेर पुन पद्‍ममकन्या क्याम्पसमा आई कोणसभामा परिणत भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *