काठमाडौं । बेसहारा लासको व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले प्रहरीमा अभद्र व्यवहारको उजुरी दर्ता गरेकी छन् ।
बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेकी सपनाले बस्नेतविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएकी हुन् । आफ्नो नांगो तस्बिर र भिडियो देखाइदिने, कसैलाई बाँकी नराख्ने धम्की दिएको भन्दै सपनाले आइतबार बस्नेतविरुद्ध उजुरी दिएकी हुन् ।
बस्नेत र सपना मिलेर लामो समयदेखि बेवारिसे शव व्यवस्थापन गर्दै आएका थिए । सोही समाजसेवाका आधारमा बीबीसीले १७ वर्षीयालाई विश्वकै सय शक्तिशाली महिलाको सूचीमा राखेको थियो । सपनाको ख्याति अन्तर्राष्ट्रिय रूपमा बढेपछि विनयजंग बस्नेत असन्तुष्ट बनेका थिए ।
बस्नेतले सपनाको क्यारियर नै समाप्त पारिदिने भन्दै विभिन्न युट्युब च्यानलमा नांगो फोटो र भिडियो आफ्नो मोबाइल र पेन ड्राइभमा सुरक्षित रहेको भनेर अन्तर्वार्ता दिएका थिए ।




