राजनीति

आज तेस्रो चरणको आन्दोलन घोषणा गर्दै नेकपा प्रचण्ड माधव समूह

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको नेकपा प्रचण्ड माधव समूहले आज अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्दैछ ।

केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत कार्यक्रम घोषणा गर्न लागेको हो । दिउँसो २ बजे पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा अर्को चरणको कार्यक्रम घोषणा हुने कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

सो समूहले माघ २८ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम सम्पन्न गरिसकेको छ । नेकपा नेताहरुका अनुसार अबको चरणमा अलि कडा किसिमका संघर्षका कार्यक्रम आउन सक्नेछ । सो समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले फागुन पहिलो साता प्रतिगमनविरुद्ध सशक्त आन्दोलन हुने बताइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *