समाचार

सडकछेउको ट्रकमा माइक्रो बस ठोक्किंदा २ को मृत्यु

धादिङ । पृथ्वीराजमार्गस्थित चरौंदी बजारमा रोकिराखेको ट्रकमा माइक्रो बस ठोक्किंदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४ नम्बरको माइक्रोबस बेनीघाट चरौंदी बजार रातोघरनेर रोकिराखेको ना ६ ख ४६० नम्बरको ट्रकमुनि छिरेको थियो ।

घटनामा माइक्रोबसको अगाडि सिटमा बसेका देवचुली नगरपालिका–१६ निवासी ५० वर्षीया हिरामाया गुरुङ र नवलपरासी रजहरकी ६५ वर्षीया कृष्णकुमारी केसीको घटनास्थलमै मृत्यु भएको गजुरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

दुर्घटनामा परी घाइते भएका ५ जनालाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *