काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै नेकपा विभाजित भएको छ । नेकपा ओली समूह र नेकपा प्रचण्ड माधव समूहबीच शक्ति प्रदर्शन गर्ने होडबाजी चलेको छ ।
हरेक हप्ता एकले अर्को समूहभन्दा बढी मानिस सडकमा उतार्ने प्रतिस्पर्धा चलेको छ । माघ २३ गते ओली समूहले नारायणहिटी दरबारअगाडि गरेको आमसभाभन्दा नेकपा प्रचण्ड माधव समूहले माघ २८ गते भृकुटीमण्डपमा आयोजना गरेको जनसभा ठूलो भएपछि त्यसैदिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फागुन १ गते दुई लाख मानिस उतारेर जनसभा गरेर देखाइदिने बताएका थिए ।
लुम्बिनी प्रदेशस्तरीय बृहत् सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली बुटवल जाँदैछन् । सभालाई सम्बोधन गर्न ओली पक्षीय मन्त्रीहरू बुटवल पुगिसकेका छन्।
अर्थमन्त्री विष्णु पौडेल, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुटवल पुगिसकेका छन्।




