समाचार

फागुन २ गतेदेखि कोभिडविरुद्ध खोप लगाउन काठमाडौंमा अस्पताल र मेडिकलसहित तोकियो १२ स्थान

काठमाडौं । स्वास्थ्य कार्यालयले काठमाडौंले कोभिडविरुद्धको खोप लगाउन अस्पताल र मेडिकल कलेजसहित १२ स्थान तोकेको छ ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाउनका लागि फागुन २ गतेदेखि ८ गतेसम्मका खोप अभियान सञ्चालन गर्दैछ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलगायत व्यक्ति,स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि जिल्ला स्तरीय सबै सरकारी कार्यालय कर्मचारी, जिल्ला स्तरीय जनपद प्रहरी, सिमा सुरक्षामा खटिएका प्रहरी, जिल्ला स्तरीय सार्वजनिक संस्थानका कर्मचारी र जिल्लाभित्रका पत्रकारलाई खोप लगाउँदै छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *