समाचार

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

गुल्मी । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई रानाले सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *